स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापासहित ५९३ जनामा कोरोना संक्रमण, योसँगै संक्रमितको संख्या ११ हजार ७ सय नाग्यो

काेराेना

  हल्दिवारी l  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५९३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहीबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये ४८६ पुरुष र १०७ जना महिला रहेका छन् ।

Advertisement

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका ४, सुनसरीका १०, मोरङका २, धनुषाका १५, महोत्तरीका ४, सिरहाका ६, अछामका १, बैतडकीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीको ४६, गोरखाका ५, कैलालीको ३१, कञ्चनपुरका ४२, कपिलवस्तुका २१, रौतहटका ५६, सल्यानका ४, गोरखाका १, नवलपरासी पूर्वका २३, नुवाकोटका १, काठमाडौंका ३, चितवनका १२, गुल्मीका २५, सिन्धुलीका ६, कास्कीका २, लमजुङका ६, तनहुँका २, बाग्लुङका १, स्याङ्जाका १, अर्घाखाँचीका ३, पाल्पाका ७६, नवलपरासीका १, रुपन्देहीका ६, दाङका ७५, प्युठानका २०, दैलेखका ५, जाजरकोटका २, मुगुका १, सुर्खेतका १२ र जुम्लाका ३ जना रहेका छन् ।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको छ । जसमध्ये १० हजार पाँच सय ६ जना पुरुष र एक हजार दुई सय ४९ महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ ।पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ४० पुरुष र ८ महिला रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article