साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : ‘मेरो देश रक्ताम्य भयो’ यतिवेला -देवेन्द्रकिशोर ढुंगाना

मेरो देश नक्कली बादशाहहरुका
कालो पंजाबाट
डामिएर अतिक्रमित हुँदैछ
लुट र गुटको चक्रव्यूहमा परेर
मेरो देश रक्ताम्य भयो।
तिमी त रगतको मूल्य
चुकाउने भन्थयौ
र, राष्ट्रीयताको गीत गुनगुनाउँदै
तिमी सिहदरवार पस्यौ ।
तर तिम्रो छातीभरी
सिहदरवारको भाइरस पसेछ
मेरो देशको सिमाना हेर्ने सपना माथी
लाठी र टियर ग्यास बर्साएर देशभक्तिको ह्राराकिरी गर्न लालायित
तिमी गलाभरी गोली गठ्ठा पहिरिएर
सफलताको नाममा
असंख्य सपनाको बलिदानी दिएछौ।
पत्तै पाएनौ
मोरो देशक छातीमा
भीषण अत्याचारका
आततायी किल्ला ठोकेछौ ।
तिमीसंग इमान माग्यौ अहिले तिमी मेरो देशको लालपुर्जा बोकेर
सिमानामा उभिएर निरिह हेरिरहेछौ।
मेरो प्यारो मातृभूमि
अर्कैको अगेनीमा व्यालेट बोकेर
नक्कली बादशाहहरु
सफेद घोडामा उक्लेर
फरमानका साथ
हामीलाई फकाउँदै छन
र, फसाउँदै छन मेरो स्वाभिमान र राष्ट्रियता संग।
तिम्रो आँखाको चर्को रापले
र रित्तो हातले युध्दको मुकाविला
कसरी गर्न सक्दछ बहादुरी प्रदर्शन
फगत हारगुहारले निभ्दैन कहिलै स्वाभिमानी तातो आगो
जो मुटुभित्र रापिलो भएर
सल्केको छ
र जारी छ
निरन्तर जारी छ
तिम्रो कायरतापूर्ण यात्रामा
हामी नयाँ जीवन र भविष्यको
कित्ताकाट गर्न लागेका छौ
मनहरु भित्र घामको उज्यालो
हेर्न हामी प्रतीक्षारत छौ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article