समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पर्वतमा भेटिएको दुर्लभ राजगोमन कालीनाग भएको पुष्टि

पर्वत ,पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन ९कालीनाग० को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो ।

Advertisement

बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात आएको विशेषज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् । पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताउनुभयो ।

Advertisement

बरालका अनुसार उक्त सर्प पोथी कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताउनुभयो । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको बताउनुभयो ।

यो सर्प संसारकै विषालु हुने हुँदा बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उहाँको सुझाव छ । उहाँले सोही स्थानमा तारबेर लगाएर राख्ने र पछि बच्चा कोरलीसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताउनुभयो । संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे नौ किलोग्राम तौलको रहेको छ ।

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठूलो प्रजातिको सर्प घर आसपास देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

यसअघि पनि पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी र वडा नंं १२ ठूलीपोखरीमा किङकोब्रा भेटिएको थियो । उक्त किङकोब्रालाई सर्प संरक्षकले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्वतकै घना जङ्गलमा छोडिदिएको थियो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article