स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।

Advertisement

नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार शनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ ।
कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article