समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाका १४ पालिका बाढीबाट प्रभावित

झापा । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ ।

Advertisement

बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङ्कमा उल्लेखित छ । लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।अड्तीस सय परिवार प्रभावित हुनेझापाका नदी नालाहरुमा पानीको बहाव बढेमा बाढीबाट तीन हजार ८०३ परिवारका १८ हजार ८१० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

Advertisement

रेडक्रसले तयार पारेको तथ्याङ्कमा बाढीबाट प्रभावित हुनसक्ने आठ पालिकामध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ८५० परिवारका चार हजार २०० जना प्रभावित हुने देखिएको छ । यस पालिकाका वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दा बढी प्रभावित हुनेछन् ।

रेडक्रसले बाढीको उच्च जोखिममा रहेका गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ बाट ४५२ परिवार, कचनकवल गाउँपालिकाका सबै वडाबाट ७५०, भद्रपुर नगरपालिकाको १, २, ८ नम्बर वडाका ३००, शिवसताक्षी नपाको वडा नम्बर ४, ५, ६, ७, १० का ३५०, मेचीनगर नपाको वडा नम्बर ७ र १५ का २००, कनकाई नपाको चार वटा वडाहरुबाट २५० र बाह्रदशी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७ का ६५० परिवार गरी जम्मा तीन हजार ८१० परिवार छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले जिल्ला विपद् व्यवस्थापन समितिलाई सोबारे जानकारी गराइसकिएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article