हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सर्वोच्च अदालतमै घुसको लेनदेन

भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका देबजंग शाहीलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग्ने नासु सुधिरकुमार खड्काविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

Advertisement

पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध शाहीले सर्वोच्च अदालतमा निवेदश दिएका थिए । विशेष अदालतबाट कैफियत प्रतिवेदन झिकाइ वकपत्र गर्ने क्रममा सर्वोच्चका नासु खड्काले २ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए ।

Advertisement

अख्तियारले गरेको छानबिनका क्रममा खड्काले भ्रष्टाचार मुद्दाका अभियुक्त शाहीका दाईसँग एकपटक ५ हजार र अर्कोपटक ४ हजार गरी ९ हजार रुपैयाँ घुस लिइसकेको पनि देखिएको छ ।

अख्तियारले खड्काविरुद्ध २ लाख ५० हजार बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा थप ९ हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र थप ३ महिना कैद सजाय मागदाबी गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)