हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२६ जिल्लामा पुग्यो सलहको समूह

भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ । अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ । त्यहाँबाट सलहको झुण्ड चितवन प्रवेश गरेको केन्द्रले उल्लेख गरेको छ।

Advertisement

रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश रुपमाले पाल्पा तथा कपिलवस्तु तर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए । पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मी तर्फ गएको छ । ८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।

Advertisement

यसैगरी चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाखकको संख्या रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ । गएको शनिबार भारतसँगको सीमा जोडिएका दिक्षणी क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।

वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)