हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकार विरुद्ध नारा जुलुश प्रदर्शन

 कमला भट्टराई – भद्रपुर , असार १६ / झापा जिल्लाको सदरमुकाम चन्द्रगढी स्थित रंगशाला मैदानबाट मंगलबार अपरान्ह निस्किएको जिल्लाका पहिचानबादी आदिबासी जनजाति समुदायको बिरोध जुलुशले बजार परिक्रमा गरेको छ।

Advertisement

उक्त सरकार बिरोधी जुलुशमा रुकुम हत्याकाण्डका दोषीलाई कार्बाही गर, भ्रष्टचार कालोबजार नियन्त्रण गर, जातिय बिभेद अन्त गर, बढदो महंगी नियन्त्रण गर, पिसिआर टेष्टको दायरा बढा, नेपाल चीन सिमाना ब्यबस्थित गर सहितको नारा लगाउदै ट्रेड युनियन चौकमा कोणसभामा परिणत भएको थियो ।

Advertisement

सभालाई संबोधन गर्दै पहिचानवादी नेता प्रबिण चाम्लिङ राई, भक्त खेवाङ लिम्बु, दिपेन राई, देवेन्द्रकिशोर ढुंगाना लगायतका बक्ताले सत्ताधरी कम्युनिष्ट पार्टी बहुमतको दम्भले जनबिरोधी निर्णय ब्दारा प्राप्त लोकतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लिप्त रहेको आरोप लगाकर छन।

उनिहरुले भने आफनो सत्ता टिकाउने षडयन्त्रमा लागेका प्रधानमन्त्री केपि शर्मा ओली लक डाउनको बहानामा देशलाई अराजक शैलीबाट अगाडी लग्न खोजेको कारण दुर्घटना निम्तिने खतरा निश्चित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)