समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सृजनशिल आमा समुहको प्रथम वार्षिक साधारण सभा सम्पन्न

srijanasil

बिस्णु घिमिरे – जलथल १७ असार।   हल्दिवारी स्थित सृजनशिल आमा समुहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

स‍‌‌‌‌‌स्थाकी अध्यक्ष होमा खरेल न्यौपानेको सभापतित्वमा तथा मा सम्पन्न कार्यक्रमको अतिथि प्रमुख अतिथि हल्दिवारी गाउँपालिका कार्यपालिका सदस्य गिता भण्डारी तिम्सिना रहनु भएको थियोे ।

Advertisement

सस्थाले स्थापन गरेको दुई बर्ष नपुग्दै १५ लाख बराबरको सम्पत्ति जोडन सकेको सस्थामा २५ आमा – दिदी – बैनी रहेको अध्यक्ष खरेलले जानकारी दिनुभयो । विभिन्न सामाजिक गतिविधिमा सकृय महिलाहरुको  समूहलाई प्रदेश सरकारले १० लाख भवन निर्माण गर्न सहयोग गरेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथि गिता भण्डारी ,सस्थाकी अध्यक्ष होमा खरेल ,स्थानीय बुद्धि जिवि देवि प्रसाद ,नरप्रसाद खरेल ओलि ,राम प्रसाद ढकाल ,बालकृष्ण बेडारी ,मैयाँ खरेल खनाल ले मन्तव्य राख्नु भएको थियो ।

सस्थाको गतिविधि बारे इन्दिरा सिवाकोटी ले जानकारी गराएको साधारण सभालाई स्वागत तारादेवी ओलि ले गर्नु भएको थियो भने सहजीकरण सस्थाकी सदस्य मनिका खवासले गरेकी थिइन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article