समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोटरसाईकल दुर्घटनामा आमा-छोराको मृत्यु

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो ।

Advertisement

महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article