स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवलका १२७ जनाले जिते कोरोना संक्रमणलाई

हेमन्त मैनाली – वनियानी । नेपालकै होचो ठाउमा रहेको कचनकवल गाउँपालिकाका १२७ कोरोना भाइरस संक्रमितहरु निको भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले बताउनु भएको छ ।

झापा जिल्लाकै कोरोना भाइरस संक्रमणको रेडजोन केन्द्र रहेको कचनकवलमा १२९ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियोे ।
स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार २ जना गोठ गाउँ आइसुलेसन केन्द्रमा उपचार भइ रहेका छ्न बभने लक्ष्मी माविको वनियानीको क्वारेन्टाइनमा ५४जना तथा बुद्ध निमावि घेरावारीको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ। उनका अनुसार भोलि क्वारेन्टाइन रहेका सबैको स्वाव परिक्षणको लागि तयार गरिएको छ।
कचनकवल गाउँपालिकामा कोरोना संक्रमण देखिएका सबै भारतबाट फर्किएका हुन ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article