समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

Advertisement

गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए ।

Advertisement

गौतम आफ्नो माइतीमा बस्दै आएकी थ्यिन् । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article