स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं – हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । लकडाउनको समयमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सका पाइलट र क्याबिन क्रुरु मेम्बरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

कोरोना संक्रमित हुनेमा हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयरहोस्टेज रहेको जनाइएको छ । उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

Advertisement

दुई जनामा कोरोना देखिएपछि हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयरहोस्टेजलाई निगरानिमा राखिएको जनाइएको छ । लकडाउनको समयमा हिमालय एयरलाइन्सले तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको छ । अझै पनि हिमालयन एयरलाइन्सले बिभिन्न देशमा उडान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article