हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी । जय दुर्गा कृषि सहकारीले जैविक बिषादी बनाउने

हल्दिवारी ४ नेपाल टोलमा रहेको जयदुर्गा कृषि सहकारीले जैविक बिषादी ( फङ्गी साइड ) को उत्पादन भदौबाट शुरु गर्ने सस्थाका अध्यक्ष सत्येन्द्र कुमार कर्णले बताउनु भएको छ।

Advertisement

जैविक बिषादी उत्पादन गर्न भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १८ लाख ८८ हजार ८ सय ७३ रुपैया सहयोग अनुदान गरेको छ भने सस्थाले ६ लाख २९ हजार ६ सय ३५ रुपैया खर्च गरेको बताइएको छ ।

Advertisement

जैविक बिषादीको लागि आवश्यक पर्ने उपकरण खरिद गरिएको तथा परिक्षण केन्द्र साउन सम्ममा तयार गरि भदौबाट उत्पादन गर्ने तयारीमा रहेको अध्यक्ष कर्णले जानकारी गराउनु भयो ।

हाल झापाको कमल गाउँपालिकामा मात्र रहेकोमा हल्दिवारीमा संचालित जैविक बिषादी केन्द्रले यस क्षेत्रका किसानहरुलाई ठुलो राहत पुग्ने ठानिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)