हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा आफ्नै घाँटी रेटेर सर्माले गरे आत्महत्या

हल्दिवारी ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेको दुई घण्टा पछि मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
आत्महत्याको प्रयास गरेका काजली स्थित बाबुलाल टोलका अन्दाजी २१ बर्षिय सन्दिप शर्माको बिएण्सी अस्पतालमा मृत्यु भएको छ। लागुऔषधीको कुलतमा फसेका ती युवालाई २-२ पटक सुधार केन्द्रमा समेत राखिएको परिवारजनले बताएका छ्न ।
हल्दिवारी गाउँपालिका भित्र करिब ३ सय भन्दा बढी १५ देखि २५ उमेर समुहका युवाहरु लागू औंषधीको कुलतमा फसेको अनुमान गर्न सकिन्छ । केही दिन अगाडि उनकै साथिले पनि झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)