स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा थप नयाँ ३ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ११ पुग्यो

हल्दिवारी – हल्दिवारी गाउँपालिकामा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको गाउँ स्वास्थ्य शाखाले पुष्टि गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार भारतको बुम्बैबाट फर्किएका ३ पुरुषलाई कोरोना संक्रमण देखिएको हो । 
योसगै हल्दिवारीमा कोरोना संक्रमण हुनेको संख्या ११ पुगेको छ। यस अगाडि पनि २ जना भारतबाट फर्किएका पुरुषमा संक्रमण देखिएको थियोे । संक्रमीत ३ नयाँ पुरुष सहित ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ भने नयाँ संक्रमीत पुरुषलाई गोठ गाउँ थप उपचारको लागि लैजान लागिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार यस अगाडि नै २ जना भारतबाट फर्किएका पुरुषहरु निको भएर आ-आफ्नो घर फर्किएका छ्न । आज फेला परेका संक्रमितहरु हल्दिवारी १ का एक पुरुष तथा २ का दुई पुरुष रहेका हुन ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article