प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चीनले अमेरिकी नौसेनामाथि मिसाइल हमाला गर्ने धम्की

दक्षिण चीन सागरमा अमेरिकाले गरिरहेको सैन्य युद्धाभ्यासलाई लिएर चीनको सरकारी मिडिया ग्लोवल टाइम्सद्वारा लेखिएको समाचार अमेरिकालाई चीनले मिसाइल हमला गर्ने चेतावनी दिएको भनिएको थियो । दक्षिण चीन सागरमा अमेरिका र चीनले आ आफ्नै तरिकाले युद्धाभ्यास गरिरहेका छन् ।

Advertisement

ग्लोवल टाइम्सले मिसाइल डोंगफेंग(२१ र डोंगफेंग(२५ ले अमेरिकाका एयरक्राफ्टलाई क्षणभरमै नष्ट गर्न सक्ने बताएको थियो । दक्षिण चीन सागरमा अमेरिकाको यस्तो गतिविधिका कारण चीनले दिएको मिसाइल हमला गर्ने धम्कीलाई अमेरिकाले सामान्य ठान्दै मजाकमा उडाएको छ ।

Advertisement

अमेरिकी नौसेनाले यो विषयलाई गम्भीरताका साथ नलिई मजाकको रुपमा हेरेको छ । सरकारी मिडिया ग्लोवल टाइम्सको ट्वीटको माध्यमबाट चीनले अमेरिकालाई यो धम्की दिएको थियो ।

त्यसपछि अमेरिकी नौसेनाले चेतावनी पछि पनि हामी त्यहि क्षेत्रमा रहेका छौँ भन्दै चीनको चेतावनीलाई मज्जाकमा उडाएको छ । साथै अमेरिकी नौसेनाले मिसाइलका तस्वीर समेत शेयर गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article