स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विदेशबाट नेपालीको उद्धार कार्यमा खटिएका पाइलटसहित ६ जनामा कोरोना संक्रमण

काठमाडौं – विदेशमा रहेका नेपालीको उद्धार कार्यमा खटिएका नेपाल वायु सेवा निगमका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

कोरोनाभाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने कार्यमा खटिएका नेपाल एअरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

Advertisement

काठमाडौंको सोल्टी होटलमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण देखिएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको जनाइएको छ । उनीहरु बस्ने गरेको सोल्टी होटेललाई सील गर्ने तयारी भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article