हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ६० लाखको लागतमा २ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना

हल्दिवारी – २२ असार । झापाको हल्दिवारी मावी र जनजागृती मावीलाई ३०/३० लाख मूल्य बराबरको सूचना प्रविधि प्रयोगशाला नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा स्थापित गरिदिएको छ।

Advertisement

शिक्षाको क्षेत्रमा हल्दिवारी गाउँपालिकाले गरेको सुधारलाई मध्य नजर गर्दै यसै गाउँपालिकाका दुई मावीलाई सूचना प्रविधि प्रयोगशाला स्थापना नेपाल सरकारले गरिदिएको हल्दिवारी मावीका प्राचार्य टंक बहादुर पाख्रिनले बताउनु भयो ।

Advertisement

अति सम्पन्न प्रयोग शाला नेपालमै बिधालयमा स्थापना भएको पहिलो भएको दुरसञ्चार ले जनाएको छ । २४ थान कम्पियुट्र ,४ वटा सिसि क्यामरा सहित अत्याधुनिक प्रविधिको प्रयोगशाला सहित स्थापना भएको सूचना प्रविधि प्रयोगशालाबाट यस क्षेत्र का विद्यार्थी लाई फाइदा पुग्ने पाख्रिनले बताउनु भयो ।

यस अगाडि पनि हल्दिवारी गाउँ शिक्षा समितिले सबै विद्यालयमा कम्पियुटर शिक्षालाई जोडदिदै कम्पियुटर ल्याबको व्यवस्था गरेको थियोे । हल्दिवारी मावीमा मात्र विद्यालयबाट २० थान,गाउँ शिक्षा समिति बाट ३० थान कम्पियुटर सहित शिक्षकको समेत व्यवस्था गरेर अध्यन अध्यापन शुरु गरि सकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)