स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

nepal

ललितपुरमा उपचारका क्रममा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनको मेघा अस्पतालमा उपचार गराइरहेका थिए । सोही अस्पतालमा उनको मृत्यु भएको हो ।

Advertisement

त्यसैगरी पाटन अस्पतालमा गएराति पौने १० बजे भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article