समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने एक जना थुनामा, बाँकी आठ जना छुटे

 

Advertisement

नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएपछि पक्राउ परेका मध्ये मुख्य आरोपीलाई पुर्पक्ष थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौँले गरेको छ भने बाँकी आठ जना रिहा भएका छन् ।आइतबार जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउँदै तीन जनालाई प्रतिव्यक्ति १५ हजार धरौटी र पाँच जनालाई साधरण तारिखमा छाड्न आदेश दिएको हो ।

Advertisement

भदौ १ गते झण्डा जलाएको म्युजिक भिडियो सार्वजनकि भएपछि प्रहरीले उक्त घटनामा संलग्न नौजनालाई विभिन्न स्थालनबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अनुसन्धानपछि भदौ २४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सार्वजनिक भएको म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखिएको थियो । भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५१ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article