स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एक लाखको कोरोना बीमा गरेकाले २५ हजार मात्रै पाउने

संवाददाता  – एक लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन्। व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन्।

Advertisement

बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन्। आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भरपाईका आधारमा मात्रै दिने भएको हो।

Advertisement

‘पीसीआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ’ अधिकारीले भने। तर संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ।

भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ। अर्थात सो मितिअघि बीमा गरेकालाई पीसीआर पोजेटिभपछि पूर्ण रकम ९१ लाख वा ५० हजार० नै भुक्तानी हुनेछ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article