समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

असोज १ गतेदेखि होटल, आन्तरिक उडान र लामो दुरीका सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय

संवाददाता – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो।

Advertisement

अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले असोज १ गतेदेखि होटल तथा ट्रेकिङ व्यवसाय सूचारु गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन् । होटल तथा ट्रेकिङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेरनगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जनाइएको छ ।

Advertisement

त्यसैगरी सरकारले असोज १ गतेबाट नै आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए। साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सकिनेछ ।

सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article