काठमाडौं – काठमाडौंमा बुधबार बिहान भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ४.९ रिक्टरस्केलको भूकम्प गएको जनाइएको छ ।
भूकम्प बिहान बिहान ५ बजेर १९ मिनेटमा गएको हो । भूकम्प जाँदा सर्वसाधारण घरबाट बाहिर निस्किएका छन् ।
भूकम्पको धक्का महसुस काठमाडों उपत्यका लगायत आसपासका जिल्लामा गरिएको छ ।
यसअघि ठुलो भूकम्प २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्नेच्युडकको गएको थियो ।
समाचार
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
सिन्धुपाल्चोक केन्द्र भएर ४.९ रिक्टरस्केलको भूकम्प !

