३१ भदौ, – दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका(२ बडचिन्मायाका २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो ।बिजुलीका पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा बुधबार दिउँसो १२ बजे उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउँदले जानकारी दिए ।

‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइन छुँदा करेन्ट लागि घटना स्थलमै मृत्यु भएको हो,’ उनले भने ।प्रहरी निरीक्षक साउँदका अनुसार पोल सार्ने क्रममा सोही ठाउँका २६ वर्षीय भुपेन्द्र थापा पनि घाइते भएका छन् । उनको दुल्लु अस्पतालमा उपचार भैरहेको छ ।
