स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वास्थ्य शिक्षा जस्ता कुरा जनताको नैसर्गिक अधिकार हुन ! : काङ्ग्रेस वरिष्ठ नेता सिटौला

बिर्तामोड । गंगामाया तथा नरवहादुर क्यान्सर पीडित सहयोग संस्थाले आज (बुधवार) एक कार्यक्रमको आयोजना गरी सस्थालाई सहयोग पुर्याउने दाता तथा क्यान्सर पीडित महानुभावलाई सम्मान गरेको छ ।बिर्तामोड स्थित अतिथी सदनमा सस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले सम्मानित सस्था तथा महानुभावहरुलाई सम्मान पत्र तथा खादा ओढाएर सम्मान गर्नु भएको थियोे ।

Advertisement

Advertisement

सस्थाद्दारा क्यान्सर पीडितहरुलाई सहज उपचार गर्न आर्थिक तथा प्राविधिक सहयोग पुर्याउने बिएण्डसि टिचिङ्ग अस्पताल बिर्तासिटी अस्पताल ,मनमोहन अस्पताल र कनकाई अस्पताललाई कदर पत्रद्दारा सम्मान गरिएको थियो । त्यस्तै संस्थाको सहयोगमा पुर्नरजिवन पाएकाहरु मुक्तिमाया बानियाँ , रोशन लिम्बु झुमादेवी ,राजवंशीलाई सम्मान गरिएको थियो ।

संस्थाको कामलाई सहज पुर्याउने उदेश्यले इलाम सुर्योदय नगरपालीका १० का मदन प्रसाद पोखरेलले ३ लाख मुल्यको अपाची १५० सीसीको मोटरसाइकल प्रदान गर्नुभएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित स्वगत तथा सम्मान कार्यक्रममा भूपाललाई अत्यन्त पुण्य कार्य गरेकोमा प्रशंसा गर्दै  ,यस्तो सामाजिक काममा जीवन समर्पण गर्न जो कोही तयार हुँदैन भन्दै यो कार्यक्रमबाट समाज र राजनीतिक क्षेत्रमा पनि भूपालको थप पहिचान स्थापित गरिदिएको बताए । 

” बलियो मान्छेले मात्र गर्न सक्ने काममा हात हालेकोमा उनको सराहना गर्दै सिटौलाले संस्थाले शुरु गरेको अभियान महत्वपुर्ण र उदाहरणीय भएको चर्चा गदै यस महान र सामाजिक कार्यमा जोडिन आब्हान गर्नु  भयो ।नेता सिटौलाले स्वास्थ्य शिक्षा जस्ता कुरा जनताको नैसर्गिक अधिकार भित्र पर्ने र संविधानमा समेत प्रष्ट लेखिएको छ भन्नुहुदैँ यसतर्फ सरकारको अझै ध्यान जान नसकेको जिकिर गर्नु भयो । “

कार्यक्रममा संविधान सभा सदस्य सुधिर कुमार सिवाकोटी,  प्रदेश सासंद ओम कृष्ण सरावगी,पुर्व राष्ट्रिय सभा सदस्य देवराज घिमीरे,बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्राई,नेकपा जिल्ला सदस्य शिव ढुंगेल, प्रमीस गिरी,नबिन पोखरेल,मेघराज बास्तोला लगायतले संस्थाले शुरु गरेको अभियान महत्वपुर्ण भएको बताउदै शुभकामना व्यक्त गर्नु भएको थियोे l

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article