समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताए।

Advertisement

आजको बैठकले विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण पाउने व्यक्तिको नाम सिफारिस गरेको बताइएको छ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावको आधारमा मन्त्रिपरिषदले मानपदवीको निर्णय गरेको हो।

Advertisement

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ। गत वर्ष सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न सम्मान र पदक दिने घोषणा गरेको थियो।

आजको मन्त्रिपरिषद् बैठकले विद्युत प्रधिकरणमा रिक्त कार्यकारी प्रमूखको बारेमा पनि निर्णय गर्ने बताइएपनि त्यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए । हालै ४ वर्षे कार्यकाल सकेर बिदाई भएका कुलमान घिसिङलाई प्रधिकरणमा दोहोर्याउने जनअपेक्षा भएपनि सरकारले त्यसबारे कुनै निर्णय लिएको छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article