समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कैलालीमा महिला पत्रकार पहराई झुन्डिएको अवस्थामा मृत फेला !

कैलालीमा कार्यरत एक जना महिला पत्रकार शुक्रवार दिउँसो मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी प्रतिक बिष्टले बताए । उनका अनुसार पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

Advertisement

‘जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा छ । शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ’ डिएसपी बिष्टले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

Advertisement

घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article