बाह्रदशी – २८ पौष । बाह्रदशी गाउँपालिका स्थित जनविकास माध्यमिक विद्यालय चकचकीका ५१ बालबालिकालाई आज न्यानो कपडा बितरण गरिएको छ।
अत्यन्तै कठ्याँग्रिने जाडोको दिन विर्तामोड स्थित जुत्ता-चप्पलका निर्माता कम्पनी “बी.एन.फुटवेयर”का संचालक पं.बासु तिवारीको टिमले बालबालिकाको लागि न्यानो स्वेटर उपलब्ध गराउनु भएको थियोे ।

वडा नम्बर – ४ का वडाध्यक्ष श्री समिम मियाँ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालबालिका लाई स्वेटर बितरण गरिएको हो । उक्त न्यानो कपडा बितरण कार्यक्रमको सहजीकरण शिक्षक टीका गणेशले गर्नु भएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















