हल्दिबारी फिचर न्यूज डेक्स- चन्द्रगढी। प्राग ऐतिहासीक कालमा बनको कन्दमुल खाएर मानिसले जीवन धानेका थिए । कृषि जीवन शुरुहुन अघि पुर्खाहरुले लिम्बु समुदायको सभ्यता विकास गरेको विश्वास गरिन्छ । यसै विश्वासमा आधारित परम्परागत पर्व कक्फेकवा तङनाम विहीवार लिम्बु समुदायले मनाएका छन् ।

येले सम्बत् नयाँ वर्ष लागेको पहिलो दिन माघे संक्रान्तिका दिन लिम्बु समुदायले उक्त पर्व मनाउँदै आएका हुन् । विहीवारै देखी येले सम्बत् ५०८१ पनि शुरु भएको छ । नयाँ वर्षका साथै पुर्खाहरुको सम्झनामा मनाइने कक्फेकवा तङनाम लिम्बुवानका सबै जिल्लामा किरात याक्थुङ चुम्लुङको आयोजनामा सामुहिक रुपमा मनाइएको हो ।

धरानमा चुम्लुङ सम्बद्ध लिम्बु सांस्कृतिक परिषदले धरान–१५ स्थित चुम्लुङ हिममा कक्फेकवा तङनाम माघे संक्रान्ति शुभकामना भेटघाट आयोजना गरेको थियो । उक्त अवसरमा फेदाङमा सन्तवीर नाल्बोबाट सहभागीहरुले बन तरुलको टिका र आशिर्वाद ग्रहण गरेका थिए । उसिनेको तरुल, सेल रोटीका साथै लिम्बु परिकार सहित तोङबा सहभागीहरु लाई खुवाइएको थियो । परिषदका केन्द्रिय उपाध्यक्ष कुमार हुक्पाचोङबाङ कालिका प्रमुख अतिथि थिए ।

उनले लिम्बु जातिको उत्पतिकालमा पुर्खाहरुले जंगलको खनिज कन्दमुलले जीवन निर्वाह गर्दै लिम्बु सभ्यताको विकास गरेकाले पुर्खाहरुको सम्झनामा कक्फेकवा तङनाम घर घरै मनाउँदै आएको बताए । चुम्लुङ केन्द्रिय परिषद सदस्य नरेश इङवारमले लिम्बु समुदायको सामाजिक विकासको लामो इतिहास रहेको बताउँदै अब राजनीतिक क्षेत्रमा लिम्बु समुदाय सजग हुनुपर्ने बताए । उनले नेपालमा बल्ल प्राप्त भएको संघीयता फेरी गुम्ने खतरा बढेको बताउँदै अहिले मुलुकको राजनीतिमा देखापरेको एकाधिकारवादी चरित्रको विरोधमा लिम्बुहरु उत्रनुपर्नेमा जोड दिए । कार्यक्रम सांस्कृतिक परिषद जिल्ला अध्यक्ष चन्द्रवीर यङहाङको सभापतित्वमा भएको थियो ।

उनले यसअघि कक्फेकवा तङनाम धुमधामले आयोजना गरिदैं आएकामा यसपाली कोरोना महामारीको जोखिमका कारण ठूलो रुपमा आयोजना नगरिएको बताए । भेलामा चुम्लुङ केन्द्रिय सचिव डा.योगेन्द्र पालुङवा, केन्द्रिय सदस्य उदय लावती, संगीता सुब्बा, सल्लाहकार रकम चेम्जोङ, नरप्रसाद लुङफुङवा, दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु, परिषका केन्द्रिउ सचिव महेश्वर हुक्पाचोङबाङ लगायतको उपस्थिति थियो ।-रोशन लिम्बु

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार