हल्दिवारी – १ माघ । हल्दिवारी – ५ धनुषा पोखरामा रहेको लिमे डोल मोई बौद्ध गुम्बाको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले उद्घाटन गरेका छ्न ।

नेपाल मगर संघ हल्दिवारीको आयोजनामा भएको मगरहरुको धार्मिक धरोहर गुम्बा उद्घाटन तथा माघे पर्व कार्यक्रमको अध्यक्षता अर्जुन राना मगरले गरेका थिए ।

गुम्बा उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,वडा नम्बर -५ का वडा अध्यक्ष सेर बहादुर नेम्बाङ , नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ख का अध्यक्ष नवीन बिमली ,कार्यक्रमका अध्यक्ष अर्जुन राना मगर , नेपाल आदिवासी जनजाति महासङ हल्दिवारीका अध्यक्ष अर्जुन कुमार राई तथा किरात याक्थुम चुम्लुका सुर्य राईले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

हल्दिवारी गाउँपालिका भित्र एकसय घरधुरी मगरहरुको बसोबास रहेको छ भने अब देखि सबै मगरहरु सालिन्दा यहि गुम्बामा माघे पर्व तथा मगर विशेष कार्यक्रम गर्न लागिएको कार्यक्रमका सहजकर्ता तथा सञ्चार कर्मी कमल मगरले जानकारी दिए ।

विविध मगर सास्कृतिक कार्यक्रम तथा मगर परिकार सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमलाई स्वागत भिम पुलामी मगरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार