स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धरानमा पाँच मिनेटमा एक्स–रे सुविधा

हल्दिबारी न्यूज डेक्स- इटहरी। धरानमा ५ मिेनेटमा एक्स–रे रिपोर्ट दिने सुविधा सहितको डिजिटल सेवाका साथै ल्याब सम्बन्धि आधुनिक प्रयोगशालका सुविधा र फर्मेमीसी शनिवार देखी प्रारम्भ भएको छ ।

Advertisement

धरान–१२ छाता चौक, चतरा लाइन स्थित सुनसरी पोलिक्लिनिक तथा दिव्यज्योती फार्मेसीले नयाँ सुविधा सञ्चालनमा ल्याएको हो । डिजिटल प्रविधिको एक्स–रे सेवा धरानमा यो पहिलो हो । पोलिक्लिनिक चार वर्षअघि देखी सञ्चालन भएपनि डिजिटल प्रविधि तथा फार्मेसी सेवा पहिलो पटक शुरु गरिएकोले शनिवार आयोजित एक कार्यक्रमका विच वीपीधरानमा पहिलो पटक डिजिटल एक्स–रे सेवा शुरु गरेर ल्याबले उल्लेखनिय सेवा शुरु गरेको बताए ।

Advertisement

अधिकांश विरामीको उपचारमा ल्याबको रिपोर्ट चिकित्सकहरुका लागि अनिवार्य नै हुने बताउँदै ल्याब सञ्चालन विरामीको लागि कल्याणकारी कार्य भएको तर यस्लाई कतिपयाले भने कमाउने धन्धा बनाएको उल्लेख गरे । डा. श्रेष्ठले भने ‘नेपालमा कतिपय रोग सम्बन्धि ल्याब टेष्ट नहुने ठाउँमा पनि विरामी जान्छन् र जाँचै नहुने कुरा जाँचिन्छ, आश्चर्यको कुरा त रिपोर्ट पनि दिन्छन् ।’ यस्तो कार्य विरामी, रोगीका लागि उपचारको सट्टा ज्यानकै जोखिमपूर्ण हुने उनको भनाई थियो ।

सुनसरी पोलिक्लिनिक दक्ष, अनुभवि सञ्चालकहरु बाट सञ्चालन भएकाले यस्तो त्रुटी नहुने कुराप्रति विश्वास प्रकट गर्दै उनले डिजिटल प्रविधिको ल्याब सुविधा धरानको लागि उल्लेखनिय भएको बताए । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको ठूलो भिडभाड लाग्ने भएकाले ल्याब रिपोर्ट ढिलो हुनसक्ने हुँदा यस्ता सुविधाहरुले धरानको उपचार सेवाका लागि अत्यावश्यक भएको डा.श्रेष्ठको भनाई थियो ।

धरान–१२ का वडा अध्यक्ष टंकबहादुर राईले वडामा डिजिटल प्रविधिको ल्याब सुविधा सञ्चालनमा आउनु खुशीको बुरा भएको बताए । वडामा व्यवसायीक संस्थाहरु सञ्चालनमा आउँदा वडाको सामाजिक विकासमा योगदान पुग्ने र चतरा लाईन जस्तो धरानकै पुरानौ क्षेत्र लाई व्यवसायीक क्षेत्र बनाउन योगदान पुग्ने बताए । पोलिक्लिनक ल्याब तथा फार्मेसी नयाँ व्यवस्थापनमा नरेशकुमार शाक्य र लालुप्रसाद यादवले सञ्चालनमा ल्याएका हुन् । क्लिनिकमा आकस्मिक सेवा, ओपिडि सेवा सञ्चालनमा छन् । औषधी विक्री फार्मेसी सेवा, डिजिटल एक्स–रेका साथै इसिजी सहित ल्याबका सबै सेवाहरु प्रदान गरिने सञ्चालक शाक्यले बताए ।

क्लिनिकमा दैनिक होलबडी चेकअपको सेवा, ड्रेसिङ, प्लष्टर, सामान्य घाउहरुको अप्रेशन पनि गरिने बताइएको छ । रेबिजको इन्जेक्सन, बालबालिकाको टिटि, महिलाका संगिनी सुई खोप र परिवार नियोजन सम्बन्धी सेवाहरु पनि चालु रहेको बताइएको छ ।-देवेन्द्र किशोर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article