जलथल – हल्दिवारी गाउँपालिका वडा नम्बर ५ मा रहेको धनुषा आधारभूत विद्यालयको सहायक शिक्षिका कमल सिवाकोटीले ४० हजार मुल्य बराबरको सामाग्री आफ्नै विद्यालयका विद्यार्थीहरुलाई बितरण गरेकी छ्न ।
उक्त विद्यालयकी अङ्ग्रेजी शिक्षिकासिवाकोटीले ११० जना विद्यार्थीहरुलाई जुत्ता मोजा तथा शैक्षिक सामाग्री उपलब्ध गराएर विद्यार्थीहरुलाई बितरण गरिएको उक्त विद्यालयका प्र. अ . सन्त बहादुर वोजिहाङ्ग्ले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा महिला सदस्य तारा ढकालको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई अभिभावकहरुको रोहवरमा बितरण गरिएको बताईएको छ ।
२०६२ सालदेखि उक्त विद्यालयमा अध्यापक गराउदै आएकी सिवाकोटीले गरिव विद्यार्थीहरु पडदै आएका कारण सानो सहयोग गरेको बताईन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















