हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राधिका थापाले पूरा गरिन् जंगल युद्धकला तालिम

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।सिपाही राधिका थापा नेपाली सेनाको पहिलो प्रतिविद्रोह तथा जंगल युद्ध कला तालिम सक्ने महिला सैनिक भएकी छन्।

Advertisement

झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो। प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयकी सैनिक व्याच नम्वर २६३८०७ नम्वर राधिका पहिलो पटक तालिममा सहभागी भएकी थिइन्।

Advertisement

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्वर २ थापाटोल स्थायी घर भएकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जाबाट नेपाली सेनामा प्रवेश गरेकी थिइन्।उनी २०७० जेठ २४ गतेदेखि प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन्।

थापाले लिएको तीन महिने तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, सर्पदंश व्यवस्थापनलगायत जंगलमा हुन जोखिम व्यवस्थापन सम्वन्धि तालिम दिइन्छ।-देशबन्धु कौशिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)