काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालभर ११२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस दिन ३ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहिबार मुलुकभर ८४ जना सङ्क्रमणमुक्त भएका छन्।
जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार २२३ पुगेको छ। अहिले नेपालमा ८ सय ८२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।
योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ(त्यु हुनेको सङ्ख्या २ हजार ७ सय ६७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1