समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रधानमन्त्री केपी ओलि अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचार अमेरिकामा गराउने भएका छन् । १२ वर्ष अघि भारतमा मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले सिंगापुर र थाइल्याण्डमा उपचार गराउँदै आएका थिए । केही हप्ता अघि धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गराएका प्रधानमन्त्री ओली अब थप उपचारका लागि अमेरिका जाने भएका हुन् ।

यसको तयारीका लागि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा दिव्यासिंह शाह अमेरिकामा रहेकी छन् । गत कात्तिक २४ गते अमेरिका गएकी डा. शाह हाल परामर्शमा जुटिरहेकी छन् । प्रधानमन्त्री ओलीकी चिकित्सक डा. शाहले अहिले अमेरिकाका मिर्गाैला विशेषज्ञहरुसँग मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे परामर्श गरिरहेकी छन् ।

विज्ञापन (Advertisement)Advertisement

अमेरिकी विशेषज्ञको परामर्शपछि प्रधानमन्त्री ओली अमेरिका उपचार गर्न जाने भएका हुन् । साथै हालै भारत र चीनबाट राजकीय र उच्चस्तरीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली उपचार आफ्नो मुलुकमा गर्न सुझाव दिएका थिए ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यबारे चासो राख्दै चीनमै उपचार गर्न आउनका लागि आग्रह गरेका थिए भने यसअघि भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि भारतमै उपचार गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । दुवैले उपचारको व्यवस्था मिलाउने बताएका भए पनि प्रधानमन्त्री ओली भने उपचारका लागि अमेरिका जाने मनस्थितिमा पुगेका हुन् ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)