हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा पहिलोपल्ट रकेट प्रक्षेपण

इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले बनाएको रकेट परीक्षण भएको छ । शनिबार नेपालको पहिलो रकेट गरुडको सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको हो ।

Advertisement

रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भन्ने सन्देश दिनका लागि नेपाली युवाहरुको समूहले रकेट प्रक्षेपण परीक्षण गरेको हो । जसमा नेपाली सेनाले साथ दिएको थियो । प्रक्षेपण परीक्षण समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा उपस्थित भएका थिए ।

Advertisement

रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दुर्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।

हाल देखिएका विभिन्न समस्या मध्यनजर गर्दै इन्जिनियरिङका विद्यार्थीहरुको समूहले आगामी महिना पुनः रकेट प्रक्षेपण गर्ने जनाएको छ ।

स्पेसपोर्ट अमेरिकामा आयोजना हुने रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा नेपाली रकेट ‘गरुड’ पनि छनौटमा परेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)