हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा श्रीहरि सत्सङ समन्वय समिति गठन : गाई तस्करमा सम्लग्नलाई सामाजिक बहिष्कार गर्ने !

हल्दिवारी – सनातन वैदिक संस्कार उत्थान समिति हल्दिवारी को आयोजनामा यस क्षेत्रका ५० भन्दा बढि कृर्तन मण्डली हरुको सहभागीतामा वैदिक संस्कार लाई जन समक्ष पुर्याउने उदेश्यका साथ श्रीहरि सत्सङ समन्वय समिति गठन भएको छ। हिन्दु धर्म सस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ भुषण खरेलको अध्यक्षतामा १६ सदस्य समन्वय समिति गठन गरिएको छ ।

Advertisement

Advertisement

हल्दिवारि – ४ स्थित सिद्दिदातृ दुर्गा मन्दिरमा आयोजना गरिएको भेलामा ५० भन्दा बढि कृतन मण्डलिबाट २ सय भन्दा बढिको सहभागीता रहेकोे थियोे । आचार्य सन्त महाराज नन्दकिशोर भारध्वजको प्रमुख आतिथ्य तथा उत्थान समितिका अध्यक्ष सोमनाथ सुबेदिको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रम लाई प्रमुख अतिथि सन्त महाराज ,वडा सदस्य खकेन राजवन्सि ,सामाजिक व्यक्तित्व लक्ष्मी प्रसाद खनान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

हल्दिवारि गाउँपालिका हुदै गाई तस्करी बडेकोमा दुख व्यक्त गर्दै त्यसलाई रोक्न जुन सुकै कदम चाल्न पछि नपर्ने कार्यक्रमका सहभागीहरुको मत रहेको थियोे । गाई तस्करीमा सम्लग्न यस ठाउँका व्यक्तिलाई पहिले सम्झाउने , नभए सामाजिक बहिष्कार समेत गर्न पछि नपर्ने गौर क्षक अभियान्ता हरु बताउछन् ।

जय प्रसाद पोखरेलले स्वागत तथा औचित्य माथि प्रकास पारिएको कार्यक्रममा पण्डित अर्जुन भट्टराई ले स्वास्ति बाचन गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण पण्डित सुर्य प्रसाद सुबेदि ले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)