हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका प्रतिनिधि लाई बिजयी गराउन मञ्चको आग्रह

नेपाल पत्रकार महासंघको भोलि हुने निर्वाचनमा उम्मेद्बारी दिएका बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका प्रतिनिधि लाई बिजयी गराउन मञ्चले आग्रह गरेको छ।

Advertisement

मञ्चका गौरादह प्रतिनिधि शृजन घिमिरे र भद्रपुरका द्रोण अधिकारी लाई जिल्ला कार्य समिति झापाको सदस्यमा मतदान गरि बिजयी गराउन आम मतदातामा अपिल गतेको मञ्चका संयोजक सरोज पौडेलले जानकारी दिए।झापा लगायतका जिल्लामा बालबालिका सम्बन्धि गतिविधि गर्दै आएको मञ्चले बालबालिकाका विषयमा विभिन्न गतिविधि गर्दै आएको छ।

Advertisement

उम्मेद्बार घिमिरे र अधिकारीले बालबालिकाका क्षेत्रमा रचनात्मक गतिविधि गर्दै आएको र आगामी दिनमा मञ्चको कार्यक्रम अन्तरगत बाल मैत्री संचार माध्यम निर्माण गर्न पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै मञ्चका दुई प्रतिनिधि प्रदेश परिषद सदस्यमा सर्वसम्मत हुने उमानाथ भण्डारी र आत्माराम राजबंशी लाई बधाई समेत दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)