जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा हल्दीवारी गाउँपालिकामा यहि मिति २०७७।१२।२२ गतेबाट प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुनगइरहेको छ ।
वडा न १ मा ६ वटा केन्द्र,वडा न २ मा ५ वटा केन्द्र,वडा न ३ मा ४ वटा केन्द्र,वडा न ४ मा ४ वटा केन्द्र तथा वडा न ५ मा ३ वटा केन्द्र बनाई जम्मा २२ वटा केन्द्रहरुमा एकैपटक १७ दिनसम्म संचालन हुने यो अभियानमा सम्बन्धित सबैले आ आफ्नो वडामा सम्पर्क गरि पायक पर्ने केन्द्रमा आफै उपस्थित भएर आफ्नो बिबरण दर्ता गराउनु हुन हल्दिबारी गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।
बिबरण दर्ता गराउन जादा आफुले लानुपर्ने कागजातहरु निम्न बमोजिम अनिवार्य रुपमा लिएर जानुहुन समेत सम्बन्धित सबैलाइ अनुरोध छ ।
– नागरिकताको प्रमाणपत्र सक्कल अनिवार्य,
– विवाहित महिलाको हकमा नागरिकतामा पतिको नाम मा उल्लेख छ भने पतिको नागरिकता यदि उल्लेख छैन भने विवाहदर्ताको कागज सक्कल तथा पुरुषको हकमा विवाहदर्ता अनिवार्य,
– यदि वडा भन्दा बाहिर अन्य ठाउँ को नागरिकता छ भने बसाइँसराइको सक्कल प्रती अनिवार्य,,
– यदि विवाहदर्ता नभएको हुदा नाता प्रमाणित कागजातहरु( छोराछोरीको जन्मदर्ता,पेन्सनपट्टा,वडाद्वारा दिएको सिफारिस) सक्कल
थप कुरा बुझ्न चाहेमा आ आफ्नो वडामा सम्पर्क गर्नुहुन अनुरोध छ ! यो सूचना आफू लगायत सम्पूर्ण आमाबुबा,,छरछिमेकि आफू वरिपरि सम्पुर्णलाई जानकारी गराइदिनु हुन समेत हार्दिक अनुरोध छ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार