हल्दिबारी मिडिया ,भद्रपुर/कोरोना महामारीको दोस्रो लहर फैलिएको सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ ।
आइतबार बसेको बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना सङ्क्रमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । यसरी निषेधाज्ञा जारी गर्ने अधिार सम्बन्धीत जिल्ला प्रशासन कार्यालयलाई दिने उल्लेख छ ।बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन पनि सिफारिस गरेको छ ।
बैठकले सोमबारबाट सञ्चालन हुने र सञ्चालन भइरहेका सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गरेको छ । मन्त्रीपरिषदले पास गरेको अवस्थामा निर्णय कार्यान्यन हुनेछ ।
















