हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी कोरोनाको रेड जोनमा , आज एकैदिन थपिए १० संक्रमीत

जलथल -झापा । हल्दिवारी गाउँपालिकामा आज १० जना कोरोना संक्रमीत थपिएका छ्न ,यो समेत संक्रमीतको संख्या ४२७ पुगेको छ । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार पिसिआर परिक्षणमा २ जना र एन्टिजिन परिक्षणमा ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

Advertisement

आज हल्दिवारी आईसोलेसन सेन्टरमा गरिएको १७ जनाको एन्टिजिन परिक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएका मध्ये ६ जना हल्दिवारी २ का रहेका छ्न भने १ र ३ वडाका १/१ जना रहेको निरौलाले बताउनु भयो ।त्यस्तै मेची प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गरिएका २ जनाको रिपोर्ट समेत पोजेटिभ आएको र उनिहरु पनि २ नम्बर वडाकै भएको पुष्टि भएको छ ।

Advertisement

लक डाउनलाई खुकुलो पारेसगै हल्दिवारी गाउँपालिका भित्र कोरोना संक्रमण बड्न थालेपछि ,लकडाउनलाई कडाइका साथ केही समय थप्नु पर्ने स्वास्थ्य प्रमुख निरौला बताउनु हुन्छ ।कोरोना संक्रमणका कारण हल्दिवारी गाउँपालिका भित्र ११ जनाको ज्यान गएको छ भने सक्रिय संक्रमितको संख्या ४० रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)