हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेकपाको मेची,कोसी ब्युरो ईन्चार्ज उमा भुजेलसहित ९ जना पक्राउ

मोरङ। नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। मेची(कोसी ब्युरो ईन्चार्जसमेत रहेकी उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँ, ब्यूरो कार्यालय सचिव सुमन सिंहसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो।

Advertisement

उनीहरुलाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, जगतबहादुर पुलामी र गोविन्द कार्कीलाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)