हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिक पत्रकार संगठन नेपाल केन्द्रिय बैठक सम्पन्न

हल्दिबारी न्यूज डेक्स बिर्तामोड,भाद्र ८/नागरिक पत्रकार संगठन नेपाल केन्द्रिय समितिको प्रथम बैठक सम्पन्न भएको छ ।‌

Advertisement

मंगलबार सम्पन्न बैठकले देवेन्द्र आलोकको अध्यक्षतामा नौ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।उक्त बैठकको प्रमुख आतिथ्यतामा नेपाली नागरिक पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्री,मेची ब्यूरो प्रबक्ता ठूली बाबा खडकाको मुख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नागरिक पत्रकार संगठन नेपाल केन्द्रिय संयोजक देवेन्द्र आलोकले गरेका थिए ।

Advertisement

उक्त बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली नागरिक पार्टी केन्द्रिय अध्यक्ष क्षेत्रीले सनातन हिन्दूराष्ट्र नेपालको स्थापनाको निम्ति देशभक्त-राष्ट्रबादी पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले देशमा ब्याप्त भ्रष्टाचार, बलत्कारर,हत्या,हिंसा, धर्मान्तरण सहित बैदेशिक हस्तक्षेपका विरुद्ध देश र नेपाली नागरिकका पक्षमा जोडदार रुपले कलम चलाउन सुझाए ।

बैठकले ठुलीबाबा खडका बरिष्ठ उपाध्यक्ष तथा प्रबक्ता, उपाध्यक्ष भोगेन्द्र लाल कर्ण र सदस्यमा कमला भट्टराई,दिनेश कार्की, संजय ढुंगाना (कालिङपोंग,भारत),दिपेश क्षेत्री, ज्ञानेन्द्र खत्री,शंकर शर्मा सहित नौ सदस्यीय केंन्द्रिय समिति निर्बाचित गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)