विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ८१ हजार ४८ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड ७१ लाख १३ हजार ८ सय १० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ९ सय २३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख १० हजार ३९ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ८ सय ९ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २२ करोड २८ लाख ३७ हजार १ सय ५३ कोरोना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ६६ हजार १ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ६७ लाख ९९ हजार ५ सय ५७ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ६६ लाख ९२ हजार २ सय ६४ कोरोना संक्रमित निको भइसकेका छन् ।त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ६ लाख ७ हजार ७ सय ९३६४ पुगेको छ भने संक्रमितको संख्या २ करोड १८ लाख ४ हजार ९४ पुगेको छ ।