महमा औषधीय गुण भरपूर मात्रामा हुन्छ । बहुउपयोगी महलाई अमृत पनि भन्ने गरिन्छ ।मह औषधिको रुपमा मात्रै होइन हिन्दू संस्कारमा पनि आवश्यक पर्छ । धार्मिक अनुष्ठान र स्वास्थ्यका लागि आवश्यक महमा विभिन्न तत्वहरु पाइन्छ ।यसमा कार्बोहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम लगायतका धेरै तत्वहरु पाइन्छ । यसको नियमित सेवनले स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

दमको रोग – दम रोग छ भने बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान र बेलुका खाएमा राम्रो हुन्छ ।

रुघा, खोकी – महले रुघा, खोकीलाई पनि ठिक गर्छ । बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो च्वाट्टै हुन्छ ।
टन्सिल – टन्सिल भएमा वा घाँटी दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
झाडापखला – झाडापखला लागेका बेला जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १र१ चम्चा मह मिसाएर दिनको ३र४ पटक खाएमा निको हुन्छ ।
घाँटी बसेमा – घाँटी बसेमा एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा ठिक हुन्छ र बसेको स्वर पनि खुल्छ ।
भोक जगाउन – १ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाएमा भोक लाग्छ ।
यस्तै नियमित मह खानाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुन्छ ।