सीएनएन । इरानी सैनिक कमान्डर कासिम सुलेमानीकी छोरीले आफ्नो बुवाको मृत्युले अमेरिका र इरानका लागि कालो दिने निम्त्याउने चेतावनी दिएकी छन् । उनले ई(प्रतिरोधी मोर्चामा थप आक्रोश पैदा गर्न र त्यसले अमेरिका र इजराइलका लागि कालो दिन निम्त्याउने र मध्यपूर्वी क्षेत्रमा खटिएका अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेको बताएकी छन् ।
जिनाब सुलेमानीले आफ्नो बुबाको अन्तिम संस्कारका लागि तेहरान विश्वविद्यालयमा उपस्थित भीडलाई सम्बोधन गर्दै सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शत्रुतापूर्ण योजनाअनुसार सुलेमानी र इराकी मिलिसिया कमान्डर अबु महदी मुहान्दीको हत्या गरी इरान र इराकबीच दरार पैदा गर्न खोजेको बताइन् ।
उनले भनिन्, ूट्रम्प तिमी साँच्चिकै जुवाडे हौं । सुलेमानी र अब महदीको हत्याको रणनीतिक गल्तीले इरान र इराकलाई अलग पार्ने खराब योजना असफल भएको छ । यसले दुई मुलुकबीचको आपसी मनमुटावलाई अन्त्य गर्दै ऐतिहासिक एकता कायम गरेको छ ।ू
ए, पागल ट्रम्प, तिमी मूर्ख हौं र तिमी अन्तर्राष्ट्रिय यहुदीको खेलौना हौं, उनले थपिन्, ूयस प्रकारको जघन्य अपराधले अमेरिकी अपराधिक र धम्कीपूर्ण भावना अभिव्यक्त गरेको छ । यस घटनाले प्यालेस्टाइनको भूमिमा गराएको रक्तपातलाई पनि ओझेलमा पारेको छ ।ू
गत बिहीबार अमेरिकी सैन्य हमलामा सुलेमानी र अबु महेदीसहित अन्य सैन्य जवानको हत्या गरेको थियो । सोमबार उनको अन्तिम संस्कारमा हजारौं मानिसको उपस्थिति थियो ।