हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका १६ हजार बढीले कोरोना विरुद्धको खोप लगाए

हल्दिवारी , २२ पौष । हल्दिवारी गाउँपालिका भित्र कोभिड – १९ विरुद्धको खोप लगाउनेको संख्या १६ हजार नाघेको छ ।
नेपाल सरकारले कोरोना संक्रमणबाट बच्न कोभिड – १९ को खोप लगाउन शुरु गरे यता हल्दिवारी गाउँपालिका भित्रका ५ वटै वडाबाट १० हजार ५ सय ३९ जनाले कोरोना विरुद्धको पहिलो र दोस्रो खोप लगाई सकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताउनु भएको छ ।
हल्दिवारी गाउँपालिका भित्र करिब ८० प्रतिशात भन्दा बढी १८ बर्ष माथिका नागरिकले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख तथा कोरोना फोकल पर्सन पुष्कर निरौलाले बताउनु भएको छ । हल्दिवारी गाउँपालिकामा ३१ हजार जनसंख्या रहेको र त्यसको ७० प्रतिशतलेले खोप लगाएको तथ्यांकले पुष्टि गरेको छ ।
कोरोना संक्रमणका कारण हल्दिवारीका १५ जना नागरिकले ज्यान गुमाएका छ्न भने  ७ सय २७ जना कोरोना संक्रमणको सिकार समेत भएको स्वास्थ्य प्रमुख निरौलाले बताउनु भयो ।
 उनका अनुसार पिसिआर परिक्षणबाट ४१४ जनामा  पोजेटिभ देखिएको थियोे भने ३१३ जनालाई एन्टिजिन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)