हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश नं १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, २७ पुस- प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)