काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी जनरल कासिम सुलेमानीको हत्या महङ्गो सावित भएको छ । इरानसित युद्ध सुरु गर्ने ट्रम्पको अधिकार अमेरिकी तल्लो सदनले कटौती गरिदिएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति ट्रम्पसँग भएको इरानसित युद्ध सुरु गर्ने अधिकार सीमित पारिदिने एउटा प्रतीकात्मक प्रस्ताव स्वीकृत गरेको बीबीसीले जनाएको छ । डेमोक्रयाटिक पार्टीको बहुमत भएको उक्त संसद्मा सो प्रस्ताव २२४–१९४ मतले पारित भएको हो । यद्यपी ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनमा भने उक्त प्रस्तावमाथि मतदान हुन बाँकी नै छ।

उक्त प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने सबै द्वन्द्वबारे निर्णय गर्दा कङ्ग्रेसको अनुमोदन आवश्यक हुनेछ। तल्लो सदनले सो प्रस्ताव पारित भएसँगै अब इरानमाथि आक्रमण गर्नु पूर्व राष्ट्रपति ट्रम्पले कंग्रेसको अनुमोदन लिनुपर्ने भएको छ । गत शुक्रबार अमेरिकाले इराकस्थित बग्दादमा ड्रोन आक्रमण गरेर इरानी जनरल सुलेमानीको हत्या गरेको थियो । यसको बदलास्वरुप बुधबार बिहान इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। तर, इरानी आक्रमणमा कोही हताहत भएनन्।

यसपछि बिहीबार बसेको अमेरिकी तल्लो सदनले गरेको निर्णयले कङ्ग्रेसले स्वीकृति नदिएसम्म राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध अमेरिकी सेना प्रयोग नगर्न निर्देशन दिएको छ। यद्यपी तर अमेरिकाविरुद्ध “आसन्न सशस्त्र आक्रमणको प्रतिकार“ गर्न भने छुट दिइएको बीबीसीले उल्लेख गरेको छ।बुधवार कङ्ग्रेसमा भएको ब्रीफिङमा ट्रम्प प्रशासनले उक्त आक्रमणलाई न्यायोचित ठहर्‍याउन खोजेपछि युद्धाधिकार प्रस्तावलाई सदनमा प्रस्तुत गरिएको हो ।

विदेशमन्त्री, रक्षामन्त्री र सीआईएका निर्देशकले कङ्ग्रेसलाई आक्रमणका विषयमा जानकारी दिएपछि दुई रिपब्लिकन सिनेटरले समेत असहमति व्यक्त गरेका थिए।यूटाका सांसद माइक ली र केन्टकीर्का यान्ड पोलले राष्ट्रपतिको युद्धाधिकार सीमित पार्ने प्रस्तावलाई आफूले समर्थन गर्न सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । बीबीसीकाअनुसार सिनेटमा ५३ सांसद भएको रिपब्लिकन पार्टीको बहुमत छ। त्यहाँ डेमोक्रयाटिक पार्टीका ४७ सांसद छन्।बीबीसी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार